नियम
क्षितपुर्ति पाउने शर्त र बन्देजहरू

 

बीमा गरिएको हुलाक वस्तु वा त्यसको कुनै अंश हुलाकद्वारा चलान गरिंदाको अवस्थामा हराएमा वा नोक्सान भएमा ऐन बमोजिम पाउने क्षतिपूर्तिको रकम देहायको अवस्थामा पाउने छैनःँ–

(क) प्रेषकले लेखेको ठेगाना अधूरो वा अशुद्ध भै गलत डेलिभरी हुन गएमा, वा
(ख) प्रेषकले वा ठेगानावालाले कुनै किसिमको जालसाजी गरेको प्रमाणित भएमा, वा
(ग) ठेगानावालाले फिर्ती रसीद समेतमा सही गरी बीमा वस्तु डेलिभरी लिइसकेको भएमा, वा
(घ) बीमा वस्तु हुलाक दाखिल भएको मितिदेखि २ महिनाभित्र हराएको वा नोक्सानी भएको वा गुम भएको कुनै उजूरी नदिएमा, वा
(ङ) अयोग्य वा असुरक्षित प्याक बन्दीको कारणले हराएमा वा नोक्सानी भएमा, वा
(च) खाम वा लाहा छापमा कुनै देखिने नोक्सानी नभएमा, वा
(छ) बीमा वस्तुभित्र करेन्सी नोट वा सटही मूल्यका अरू वस्तु वा दुबै साथ खामिएको भै त्यस्ता वस्तुहरूको वास्तविक मूल्यको बीमा नगरिएको भएमा, वा
(ज) बीमा गरिएको वस्तुको स्वभावैबाट हानी नोक्सानी भएमा, वा
(झ) हुलाकद्वारा मनाही गरिएका वस्तु बीमा गरिएमा ।